७ मंसिर, २०८१ शुक्रबार

07:09:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घट्यो सेयर बजार, ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

२० चैत, २०७८

आइतबार कूल २२५ वटा कम्पनीको ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार, ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट


काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजार ओरालो लागेकोे छ । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा पुगेको छ । नेप्से १.२१ प्रतिशतले घटेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४४ अंकले घटेर ४६९.०३ विन्दुमा पुगेको छ ।

आइतबार कूल २२५ वटा कम्पनीको ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से ओरालो लागेपनि आइतबार तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आइतबार जाल्पा लघुवित्तको सेयरमूल्य ४ प्रतिशत बढेको छ।

आइतबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यसदिन इन्स्योरेन्स कम्पनीको ९ करोड ७२ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन युनाइटेड इदी मर्दीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । युनाइटेड कम्पनीको सेयरमूल्य आइतबार ५.०२ प्रतिशतले घटेर १०७६ रूपैयाँ १० पैसामा कारोबार भएको छ ।