७ मंसिर, २०८१ शुक्रबार
06:38:13 AM
२० चैत, २०७८
आइतबार नेप्सेमा नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं । आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नेप्सेमा नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको २ लाख ९ हजार ३ सय कित्ता सेयर सूचिकृत भएको हो ।
त्यस्तै, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।