१२ बैशाख, २०८१ बुधबार

09:19:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औद्योगिक पाठशालाको थालनी

Nepal Business

४ पुस, २०७८

उद्योगसङ्घले कारखाना, बजार र उधारो व्यवस्थापन, प्याकेजिङ, लेवलिङ, ब्राण्डिङ, बेसिक एकाउण्टिङ, फाइनान्सियल एकाउन्टिङ, मानव संशाधन व्यवस्थापन, नयाँ उद्यम तथा उद्यमशिलता विकास र वित्तीय व्यवस्थापनका लागि पाठ्यक्रम निर्माणको काम गरिरहेको छ । सङ्घले यी पाठ्यक्रम निर्माणका लागि रु १० लाख खर्च लाग्ने अनुमान गरेको छ । पाठ्यक्रम निर्माणका लागि जिल्लाका सात पालिका, सङ्घीय सरकार उद्योग मन्त्रालय, प्रदेश सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिएको सिलवालले बताउनुभयो ।

 औद्योगिक पाठशालाको थालनी

 

औद्योगिक विशिष्टिकरणको शुरुवात होला त ?

काठमाण्डौं, पुस ४

चितवन उद्योग सङ्घले नयाँ उद्योगीलाई उद्योग सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले औद्योगिक पाठशाला  सुरु गरेको छ । सङ्घले औद्योगिक पाठशालाअन्तर्गत पहिलो चरणको कक्षापनि सञ्चालन गरिसकेको छ ।

सङ्घले दुई वर्षे कार्ययोजनाअन्तर्गत १० वटा पाठ्यपुस्तक तयार गरी नियमित रुपमा कक्षा सञ्चालनको योजना बनाएको छ ।  यसै  योजनाअन्तर्गत सङ्घले २० जनालाई व्यावसायिक योजना लेखन कक्षा दिएको छ । व्यावहारिक र सैद्धान्तिक शिक्षाबीचको अन्तरलाई पूरा गर्नका लागि औद्योगिक पाठशाला सञ्चालन गरिएको सङ्घका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालले बताउनु भएको छ ।  नयाँ उद्योगी बन्न चाहने र उद्यमशिलतामा रहेकालाई प्रवद्र्धन गर्नका लागि यो कक्षा सहयोगी बन्ने उहाँले वताउनुभयो । 

 

 उद्योगसङ्घले कारखाना, बजार र उधारो व्यवस्थापन, प्याकेजिङ, लेवलिङ, ब्राण्डिङ, बेसिक एकाउण्टिङ, फाइनान्सियल एकाउन्टिङ, मानव संशाधन व्यवस्थापन, नयाँ उद्यम तथा उद्यमशिलता विकास र वित्तीय व्यवस्थापनका लागि पाठ्यक्रम निर्माणको काम गरिरहेको छ । सङ्घले यी पाठ्यक्रम निर्माणका लागि रु १० लाख खर्च लाग्ने अनुमान गरेको छ । पाठ्यक्रम निर्माणका लागि जिल्लाका सात पालिका, सङ्घीय सरकार उद्योग मन्त्रालय, प्रदेश सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिएको सिलवालले बताउनुभयो ।

हाल पाठ्यक्रम निर्माणसँगै सम्बन्धित विषय विज्ञ र उद्यमशिलतामा लागेका पुराना व्यवसायीले प्रशिक्षण दिने गरेका छन् । एकपटकमा २० देखि ३५ जनासम्म राखेर पठनपाठन गराइने औद्योगिक पाठशालामा सहभागी प्रशिक्षार्थीलाई क्षमता अभिवृद्धि गर्दै दिगो उद्यमशलितामा टिकाई राख्न, रोजगारीको सिर्जना र नयाँ उद्यमी सिर्जनामा सहयोग पुग्ने सङ्घले विश्वास लिएको छ ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले पाठशाला औद्योगिक शिक्षालय सञ्चालनका लागि आधार तय गर्नका लागि सञ्चालन गरिएको बताउनुभयो । बजारमा मागको आवश्यकता विश्लेषण गरी आन्तरिक रुपमा पाठ्यक्रम निर्माणको काम भैरहेको छ । नेपालमा नै पहिलो पटक पाठशाला सञ्चालनमा ल्याइएको हो । औद्योगिक पाठशाला तीन दिनदेखि एक महिनासम्म सञ्चालन हुने उहाँले बताउनु भयो । 

चितवन उद्योग सङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी गर्न मिल्ने गरी आधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको छ । केन्द्रमा हालसम्म छ वटा प्रदर्शनी गरिसकिएको जनाएको छ ।