१९ माघ, २०८१ शनिबार
10:37:20 PM
२० चैत, २०७८
इमरना विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गर्नु भएको थियो ।
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गर्नु भएको छ ।
राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताउनु भयो।
विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागेपछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेको थियो । उहाँ अल्पमतमा पर्नु भएको थियो ।
इमरना विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गर्नु भएको थियो ।
अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिनु भएको छ । उहाँले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताउनु भयो ।
विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागेपछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेको थियो । उहाँ अल्पमतमा पर्नु भएको थियो ।
अल्पमतमा परे पनि राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै उहाँले संसदमा अविश्वास प्रस्तावमा भोटिङ्ग हुन नै दिनुभएन । संसदले अविस्वास प्रस्ताव खारेज गर्यो भने लगत्तै इमरनाले संसद विघटन गर्नुभयो ।
उपसभामुख सुरीले संवैधानिक शक्तिको प्रयोग गर्दै अविस्वास प्रस्ताव खारेज गरेको इमरानले दाबी गर्नुभयो ।