४ जेठ, २०८१ शुक्रबार

11:17:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश पारित गर्न गरिमा क्यापिटलले बोलायो वार्षिक साधारण सभा

२० चैत, २०७८

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक बर्षको चुक्ता पूँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशत अर्थात १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

लाभांश पारित गर्न गरिमा क्यापिटलले बोलायो वार्षिक साधारण सभा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले छैटौं वार्षिक साधारण सभा वैशाख ९ गते बोलाएको हो । उक्त बैंठक पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

सभाले आर्थिक बर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै,  सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक बर्षको चुक्ता पूँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशत अर्थात १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

विशेष प्रस्तावका रूपमा सञ्चालक समितिले साधारणसभामा आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रूपमा समेत कार्य गर्न कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरू थप÷संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाँदैछ ।
 
गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुने जनाइएको छ ।

साथै, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता रकम वृद्धि गर्ने र प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेस हुने सो गरिमा क्यापिटलले जानकारी दिएको छ ।