१६ बैशाख, २०८१ आइतबार

04:51:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब राष्ट्र बैँङ्कले घरजग्गाको मूल्य सर्वेक्षण गर्ने

Nepal Business

४ पुस, २०७८

अब राष्ट्र बैँङ्कले घरजग्गाको मूल्य सर्वेक्षण गर्ने

काठमाडौँ, ४ पुस । नेपाल राष्ट्र ब्याङ्कले नेपालमा अब नियमित रूपमा घरजग्गा मूल्य सूचकाङ्क निकाल्ने भएको छ ।  केन्द्रीय ब्याङ्कले नेपालमै पहिलो पटक मङ्सिर पहिलो साता त्यस्ता सूचकहरू समेटिएको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो।
राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार त्यस्ता सूचकहरू अब समयसमयमा सार्वजनिक गरिनेछ। राष्ट्र ब्याङ्कले तीन,तीन महिनामा वा छ,छमहिनामा त्यस्तो सूचक निकाल्ने एक डेप्यूटी गभर्नरले बताउनुभएको छ  । उहाँको भनाइमा नियमित रूपमा निकालिने उक्त सूचकले नेपालमा घरजग्गाको मूल्यको यथार्थ विवरण दिने छ र नीतिगत पहलमा सहयोग पुग्नेछ।
राष्ट्र ब्याङ्कका अनुसार उक्त सूचकबाट घरजग्गा क्षेत्रमा मूल्य स्थिरता कायम गर्ने र नीतिगत हस्तक्षेप गर्नुपर्ने भएमा त्यसो गर्नका निम्ति सहयोग पुग्नेछ। त्यस्तै घरजग्गाको अस्वाभाविक मूल्य बढेको वा नबढेको जानकारी पनि हुनेछ। बीबीसी