७ मंसिर, २०८१ शुक्रबार
02:50:03 AM
१९ चैत, २०७८
पेट्रोलियम व्यवसायीको कमिसन र ग्यास ढुवानी भाडा समायोजनमा ७ दिनमा टुंग्याउने सहमती बनेको छ
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति भएसँगै तत्कालका लागि इन्धनमा देखिएको समस्या समाधान भएको छ । सहमतीसँगै व्यवसायिले आन्दोलन स्थगित गरेका छन् ।
अन्य माग भने १५ दिनमा सम्बोधन गर्ने सहमति भएको छ । यस्तै सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिने, नियमित काम सञ्चालन गर्ने सहमतीमा उल्लेख छ ।
शनिबार अपरान्हमात्रै कार्यवाहक प्रधानमन्त्री रहनुभएका गृहमन्त्री बालकृष्ण खाँणले तत्काल समस्या समाधान गर्न निर्देशन दिँदै अफ्ठेरो अबस्थामा पुर्याएर बल प्रयोग गर्ने सम्मको संकेत दिनुभएको थियो । त्यसपछि साँझ बसेको वार्तामा सहमती जुटेको हो ।
पेट्रोलियम व्यवसायीको कमिसन र ग्यास ढुवानी भाडा समायोजनमा ७ दिनमा टुंग्याउने सहमती बनेको छ। अन्य माग भने १५ दिनमा सम्बोधन गर्ने सहमति भएको छ । यस्तै सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिने, नियमित काम सञ्चालन गर्ने सहमतीमा उल्लेख छ ।