८ जेठ, २०८१ मंगलबार

01:14:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकार महामारीप्रति सतर्कः नाकामा उच्च सतर्कता

Nepal Business

४ पुस, २०७८

भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखेको छ । भारत हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाइरहेको जनाएको छ ।

सरकार महामारीप्रति सतर्कः नाकामा उच्च सतर्कता


काठमाण्डौं, पुस ४


 दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ओमिक्रोन भेरियन्ट नेपालमा भित्रिन नदिनका लागि नवलपरासीको सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । 

भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालयले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखेको छ । भारत हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाइरहेको जनाएको छ ।  
अहिले त्रिवेणी भन्सारबाट बिहान भारततिर जाने र बेलुका घर फर्किने तथा बाल्मीकी आश्रम जाने मानिस मात्रै आवातजावत गरेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न लगाइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ। कोरोना भाइरस सङ्क्रमण कम हुँदै गएको अवस्थामा पछिल्लो समय स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेकोले यसलाई उच्च सतर्कता अपनाइएको हो । 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले आइतवारदेखि जिल्लाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको जानकारी दिनुभयो । यही पुस १४ गतेसम्म जिल्लाका ४५ हजार विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा लगाएर सकिने उहाँको भनाइ छ । उहाँकाअनुसार माघको २ गतेबाट मोडर्नाको दोस्रो मात्रा विद्यार्थीलाई दिइनेछ । जिल्लामा हालसम्म १८ वर्षमाथिका ८५ प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका कार्यालय प्रमुख चापागाईंले जानकारी दिनुभयो । 
 जिल्लामा कोरोना रोकथाम र उपचारका लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको प्रमुख चापागाईले जानकारी दिनुभयो । जिल्ला अस्पताल र स्थानीय तहका नगर अस्पतालमा गरी करिब २०० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । 

जिल्लाका हरेक स्थानीय तहमा चिकित्सक स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको भन्दै यसपटक जिल्लामा अक्सिजनको कमी नहुने चापागाईंले बताउनुभयो ।  कोरोना फैलिन नदिनका लागि सचेतनासँगै स्थानीय तहका स्वास्थ्य संस्थालाई उच्च सतर्कता गराइएको प्रमुख चापागाईंले बताउनुभयो ।