८ मंसिर, २०८१ शनिबार
10:29:25 AM
१८ चैत, २०७८
विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हुम्ला,
जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–४ मा रहेको याल्वाङमा आगलागी हुँदा पसल जलेर नष्ट भएको छ ।
वडा ४ को छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको एक तलाको दुईकोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिनुभयो ।
वडा ४ को छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको एक तलाको दुईकोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिनुभयो ।
काठको टहराले बनेको पसलसहित दुई कोठा जलेर नष्ट हुँदा रु एक करोड पच्चिस लाख बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पालिका केन्द्र याल्वाङमा तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए । पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्यलगायत वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक ओझाले बताउनुभयो