८ मंसिर, २०८१ शनिबार
09:52:32 AM
१८ चैत, २०७८
नयाँ नेतृत्व सहित प्रशिक्षण र स्थानीयतहको निर्वाचन प्रतिवद्धतापत्र अभिमुखीकरण कार्यक्रमसम्म आयोजना गर्ने जनाएको परिषदमा नयाँ नेतृत्व चयनका लागि कुनै समस्या नहरेको
काठमाडौं – नेपाल बुद्धिजीवी परिषदको १० औं महाअधिवेशन चैत्र १९ गते बाट २१ गते सम्म काठमाण्डौमा हुँदैछ । महाधिवेशनको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परिषदले जनाएको छ ।
नयाँ नेतृत्व सहित प्रशिक्षण र स्थानीयतहको निर्वाचन प्रतिवद्धतापत्र अभिमुखीकरण कार्यक्रमसम्म आयोजना गर्ने जनाएको परिषदमा नयाँ नेतृत्व चयनका लागि कुनै समस्या नहरेको अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
नयाँ नेतृत्व चयनका लागि परिषदमा कुनै समस्या नहरेको बताउनुभयो । उँहाले भन्नुभयो, हामीहरु वुद्धिजिवी हौं नेतृत्व छनौट देखी जिम्मेवारी बाँडफाँडमा कुनै समस्या छैन ।
सुक्रवार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष देवकोटाले नयाँ नेतृत्व चयनका लागि परिषदमा कुनै समस्या नहरेको बताउनुभयो । उँहाले भन्नुभयो, हामीहरु वुद्धिजिवी हौं नेतृत्व छनौट देखी जिम्मेवारी बाँडफाँडमा कुनै समस्या छैन ।
यसैगरी पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले चैत्र १९ गते पहिलो दिन महासचिव शंकर पोखरेलको उपस्थितीमा ‘समृद्धिका लागि बुद्धिजीवी’ शीर्षकमा विचार गोष्ठी आयोजना गर्ने जानकारी दिनुभयो ।
२१ गते वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बन्द सत्र सहित कार्यक्रमको समापन गर्ने परिषदका महासचिव गजेन्द्रप्रसाद थपलियाले जानकारी दिनुभयो ।
योसँगै परिषद्ले स्थानीय चुनाव लक्षित प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशव्यापी रुपमा आफ्ना बुद्धिजीवीहरु परिचालन गर्ने कार्यक्रम रहेको बताएको छ ।