६ जेठ, २०८१ आइतबार

05:06:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पीएनजीद्धारा मलेसिया पराजित

Nepal Business

१८ चैत, २०७८

पीएनजीद्धारा मलेसिया पराजित

काठमाण्डौं–त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई पराजित गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा मलेसियालाई पीएनजीले ८ विकेटको फराकिलो जित निकालेको हो । 

१ सय ९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पीएनजीको जितमा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेल्नुभयो । टोनी उराले ३४ बलमा १० छक्का र २ चौकाको मद्दतमा अविजित सर्वाधिक ८६ रन बनाउनुभयो । 

यस्तै कप्तान असद भालाले अविजित ७४ रनको इनिङ खेल्नुभयो । उहाँले ५१ बलमा ८ चौका र १ छक्का प्रहार गर्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

मलेसियाका सेइद अजिजले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । उहाँले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाउनुभयो ।

यस्तै कप्तान अहमद फाजीले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाउनुभयो  । जितसँगै पीएनजीले सिरिजको फाइनल सम्भावना कायम राखेको छ ।

यसअघि पीएनजी नेपालसँग २ खेलमा र मलेसियासँग १ खेलमा पराजित भएको थियो । मलेसियाले समेत ३ खेलमा १ जित हात पारेको छ ।

घरेलु टोली नेपाल भने ३ खेलमा ३ जित निकाल्दै १ खेल अगावै फाइनल पुगिसकेको छ । शनिबार नेपाल र मलेसियाविरुद्ध लिगको अन्तिम खेल हुनेछ ।