७ मंसिर, २०८१ शुक्रबार

07:13:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी ३ कम्पनीका भाग्यमानी लगानीकर्ता, जसले गरे छोटो अवधिमा मनग्ये आम्दानी

१८ चैत, २०७८

राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुको आम्दानी दिनदिनै बढिरहेको छ ।

यी ३ कम्पनीका भाग्यमानी लगानीकर्ता, जसले गरे छोटो अवधिमा मनग्ये आम्दानी

काठमाडौं । सेयर बजार निरन्तर घटिरहेको समयमा केही कम्पनीका लगानीकर्ताहरु भने उत्साहित छन् । धेरै कम्पनीको सेयर ओरालो लागिरहेको समयमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ ।यी कम्पनिका लगानीकर्ताहरुको आम्दानी दिनदिनै बढिरहेको छ ।

छोटो समयमै मनग्य आम्दानी गर्न सफल यी कम्पनीहरुमा पछिल्लो समय दोस्रो बजारमा कारोबार गर्नेहरुको आकर्षण पनि बढिरहेको छ ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ चैत १४ गतेदेखि दोस्रो बजारमा कारोबार भएको हो ।

कारोबार भएको केही दिनमा नै यस कम्पनीका लगानीकर्ताहरुले मनग्य आम्दानी गरेका छन् । लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा भएको थियो । १ हजार लगानी गरेर आईपीओ किनेका सेयधनीहरुले केही दिनको अवधिमा १० हजार ५५७ रुपैयाँ कमाएका छन् ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन २९ गतेदेखि दोस्रो बजारमा कारोबार भएको हो । लघुवित्त कम्पनीको पहिलो कारोबार ५०२ रुपैयाँमा भएको थियो । कारोबार भएको दिनदेखि कम्पनीको सेयर निरन्तर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दै आएको छ । विहीवारसम्म कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३१९ रुपैयाँ ५० पैसा पुगेको छ ।

कम्पनीको १० कित्ता सेयर हुने अर्थात् १ हजार रुपैयाँ लगानी गरेका सेयधनीहरुले केही दिनको बीचमा १३ हजार १९५ रुपैयाँ कमाएका छन् । यसमा लगानीकर्ताले गरेको लगानी बाहेक १२ हजार १९५ रुपैयाँ आम्दानी भएको छ ।

यस्तैगरी, इमर्जिङ नेपालका लगानीकर्ता पनि छोटो अवधिमा मनग्य आम्दानी गर्न सफल भएका छन् । फागुन २० गते कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको पहिलो कारोबार २८७ रुपैयाँमा भएको थियो । कारोबार भएदेखि सेयर मूल्यमा निरन्तर सकारात्मक सर्किट लाग्दै आएको छ ।

 विहीबारसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२४ रुपैयाँ ८० पैसा रहेको छ । कम्पनीको १० कित्ता सेयर हुने अर्थात् १ हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताले अहिले १२ हजार २४८ रुपैयाँ कमाएका छन् । यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानी १ हजार बाहेक ११ हजार २४८ रुपैयाँ कमाएका छन् ।

यी माथि उल्लेख भएका कम्पनीहरु त एउटा उदाहरण मात्र हुन पछिल्लो समय जुनसुकै कम्पनीको आईपीओमा १ हजार लगानी गरेको छोटो अवधिमा राम्रो आम्दानी गर्ने लगानीकर्ताहरु बढिरहेका छन् । यसले साधारण सेयरमा लगानीगर्नेहरुको संख्या पनि बढिरहेको छ ।

 साधारण सेयरमा लगानीकर्ताको प्रवेशसंगै दोस्रो बजारमा पनि लगानीकर्ताहरुको संख्या बढिरहेको छ । दोस्रो बजार भन्दा साधारण सेयर सुरक्षित हुने भएका कारण पनि धेरै लगानीकर्ताहरु आईपिओमा केन्द्रीत हुने गरेका छन् ।