७ मंसिर, २०८१ शुक्रबार
01:53:02 AM
४ पुस, २०७८
सवारी साधन दुर्घटना न्यूनीकरणका लागि आइतवारदेखि प्रदेश नं १ को १४ वटै जिल्लामा सुरु भएको ट्राफिक सप्ताह–२०७८ मनाइने भएको हो । यसै क्रममा प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले प्रदेशमा दैनिक सरदर एक दशमलव शून्य चार जनाको मृत्यु भइरहेको जानकारी दिनुभयो ।
काठमाण्डौं, पुस ४
दिन दिनै बढ्दै गएको सवारी साधन दुर्घटनाबाट तीनवर्षमा एकहजार भन्दाबढिको मुत्यु भएको छ । सडक अनुशासनको पूर्णतः पालना कमि भएको यसबाट बच्न र बचाउन सवारी नियम पालनाको विकल्प नरहेको बताइएको छ ।
सवारी साधन दुर्घटना न्यूनीकरणका लागि आइतवारदेखि प्रदेश नं १ को १४ वटै जिल्लामा सुरु भएको ट्राफिक सप्ताह–२०७८ मनाइने भएको हो । यसै क्रममा प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले प्रदेशमा दैनिक सरदर एक दशमलव शून्य चार जनाको मृत्यु भइरहेको जानकारी दिनुभयो ।
प्रदेशमा आव २०७५÷७६ मा ३१३, २०७६÷७७ मा ३३२, २०७७÷७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको छ भन्दै उहाँले यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताहअन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको छ भन्नुभयो ।
सामाजिक विकास मन्त्री जयराम यादवले मादकपदार्थ सेवनबाटै सबैभन्दा बढी सवारी दुर्घटना भइरहेकाले मानिसले नैतिक आचरण र व्यवहार सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यातायात आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र व्यवसायी महासङ्घ प्रदेश नं १ का अध्यक्ष सरोज श्रेष्ठले पनि सवारी साधनको दुर्घटनाबाट पर्ने असरबारे चर्चा गर्नुभयोे ।