७ मंसिर, २०८१ शुक्रबार

07:30:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ८ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति ?

१८ चैत, २०७८

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा ८ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति ?

काठमाडौं ।
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा सूचिकृत भएका कम्पनीहरु निम्न छन्ः

१. ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेड

नेप्सेमा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडलेको २८ प्रतिशत बोनस बापतको १२ लाख ८ हजार ७ सय ८९ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।

२. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्समा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस बापतको १६ लाख ७६ हजार २ सय १४ दशमलव २१ कित्ता सेयर सूचिकृत भएको हो ।

३. आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २० लाख ६८ हजार ४ सय ४३ दशमलव ८८ कित्ता सेयर सूचिकृत भएको हो ।

४. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता सेयर सूचिकृत भएको छ ।

५. नबिल बैंक लिमिटेड

नेप्सेमा नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस बापतको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको छ ।

६.स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको छ ।  

७. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्समा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.०५ प्रतिशत बोनस बापतको ६ लाख ३९ हजार ७ सय २७ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।

८. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेप्समा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनस बापतको ५२ लाख ९० हजार ७ सय ४२ दशमलव ७२ कित्ता सेयर सूचिकृत भएको हो ।