७ मंसिर, २०८१ शुक्रबार

02:22:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?

१८ चैत, २०७८

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो ।

रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत्र २७ गतेदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो । आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आईपीओमा छिटोमा बैशाख ११ गते र ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरुले प्राइम कमर्सियल बैंक खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा ग्लोबल आइएमई बैंक, खांदबारीर चैनपुर शाखा, रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संवासभा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।