३ जेठ, २०८१ बिहिबार

06:10:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिक्षामन्त्रीको जिल्ला बागलुङमा पढ्दै कमाउँदै कार्यक्रम, कृषि र पशुपालनमा केन्द्रित

Nepal Business

१७ चैत, २०७८

बागलुङका तीन विद्यालय मात्रै छनोट भएका हुन्

शिक्षामन्त्रीको जिल्ला बागलुङमा पढ्दै कमाउँदै कार्यक्रम, कृषि र पशुपालनमा केन्द्रित

काठमाडौँ,

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि बागलुङका तीन विद्यालय छनोट गरेको छ । केन्द्रले विहिबार सार्वजनिक गरेको सूचीमा शिक्षामन्त्रीको जिल्ला बागलुङका तीन विद्यालय मात्रै छनोट भएका हुन् । 

अर्गल माध्यमिक विद्यालयमा कृषि तथा पशुपालन, गलकोट नगरपालिकामा रहेको गलकोट माध्यमिक विद्यालयमा कृषि र निसीखोला गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा पशुपालन विषयमा यो कार्यक्रम लागू हुनेछ ।

बागलुङको ताराखोला गाउँपालिकामा रहेको अर्गल माध्यमिक विद्यालयमा कृषि तथा पशुपालन, गलकोट नगरपालिकामा रहेको गलकोट माध्यमिक विद्यालयमा कृषि र निसीखोला गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा पशुपालन विषयमा यो कार्यक्रम लागू हुनेछ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १४० सामुदायिक विद्यालय छनोट भएका हुन् ।

 प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्नेगरी कार्यविधि तयार गरेको थियो । सोहीअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । 

प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ । 

आवेदन परेका विद्यालयलाई जिल्लाको मूल्याङ्कन समितिले छनोट गरिएका आधारमा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताउनुभयो ।