६ जेठ, २०८१ आइतबार

05:39:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालले पपुवा न्युगिनीलाई दियो २०४ रनको लक्ष्य

१७ चैत, २०७८

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए ।

नेपालले पपुवा न्युगिनीलाई दियो २०४ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ  । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०३ रनको योगफल बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । तेत्तीस बल खेलेका उनले तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाएका हुन् ।  त्यसैगरी रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७, आरिफ शेखले दुई तथा करण केसीले एक रन जोडे ।

बलिङमा पपुवा न्यूगिनीका  काबुआ मोरेआले तीन विकेट लिए भने राइली हेकुरेले दुई विकेट झारे । त्यस्तै नोर्मान आनुअ र नोसैना पोकनाले समान एक÷एक विकेट लिए ।  उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो ।

नेपाल दई खेलमा लगातार जीतसहित चार अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।समान दुई खेल खेलेको पपुवा न्युगिनी दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ ।  त्यस्तै मलेसिया दुई खेलमा एक जीतसहित दुई अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । पपुवा न्युगिनी अन्तिम स्थानमा छ ।