८ मंसिर, २०८१ शनिबार
10:21:50 AM
१७ चैत, २०७८
एएफपी । फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ ।
उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू क्यालेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ०.३ मिटरभन्दा कम छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो ।
तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो । भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ ।
भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’ अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ । भूकम्पसम्बन्धी थप विवरण संकलन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।