७ मंसिर, २०८१ शुक्रबार
06:41:40 AM
१७ चैत, २०७८
चालु आर्थिक वर्षको चैत १६ गतेसम्म विभिन्न १०३ कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको ४७ अर्ब ७२ करोड ६४ लाख ८२ हजार ८ सय ५६ दशमलव ४५ रुपैयाँ बराबरको बोनस सेयर दर्ता गराएका छन् ।
काठमाडौं । हालसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न कम्पनीको बोनस सेयर दर्ता भएका छन् । बोर्डमा चालु आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न कम्पनीहरुको ४७ अर्ब ७२ करोड रुपैयाँ बढीको बोनस सेयर दर्ता भएको बार्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बार्डले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको चैत १६ गतेसम्म विभिन्न १०३ कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको ४७ अर्ब ७२ करोड ६४ लाख ८२ हजार ८ सय ५६ दशमलव ४५ रुपैयाँ बराबरको बोनस सेयर दर्ता गराएका छन् । तर बोर्डमा भने हाल ४७ करोड ७२ लाख ६४ हजार ८ सय २८ दशमलव ६६ बोनस सेयर दर्ता भएका छन् ।
दर्ता भएको अधिकांश बोनस सेयरहरु गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीका सेयरधनीहरुलाई वितरण गरिएको बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई वितरण गरेको केही बोनस सेयर पनि चालु आर्थिक वर्षमा दर्ता भएका छन् ।
कुन कम्पनीको कति बोनस सेयर दर्ता ? हेर्नुहोस् धितोपत्र बोर्डले सार्वजनिक गरेको विवरण