७ मंसिर, २०८१ शुक्रबार
02:45:36 AM
१७ चैत, २०७८
उक्त हकप्रद सेयरमा परेको बोलपत्रहरू आज (चैत १७ गते बिहीबार) खोलिने भएको छ ।
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत १ गतेदेखि चैत ९ गतेसम्म अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गरेको थियो । हाइड्रोपावर कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९ हजार ८ सय २७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
उक्त हकप्रद सेयरमा परेको बोलपत्रहरू आज (चैत १७ गते बिहीबार) खोलिने भएको छ । उक्त बोलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा दिउँसो ३ बजे खोलिने कम्पनीले जनाएको छ ।