९ मंसिर, २०८१ आइतबार
06:04:16 AM
१७ चैत, २०७८
अर्थ मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार अर्थ मन्त्रालयका उप सचीव समेत रहनु भएको ओझालाई बीमा कम्पनीको सीइओ नियुक्त गरेको हो ।
काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा ज्ञानेन्द्रराज ओझा नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार अर्थ मन्त्रालयका उप सचीव समेत रहनु भएको ओझालाई बीमा कम्पनीको सीइओ नियुक्त गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्ली राज अर्याल गत भदौमा अर्थमन्त्राल फिर्ता भएपछि सीइओ पद रिक्त थियो । सरकारले खुल्ला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको भएपनि अर्थले नै ओझाको नाम सिफारिस गरेको हो ।