७ मंसिर, २०८१ शुक्रबार
07:25:44 AM
१७ चैत, २०७८
काठमाण्डौं–महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर विक्री गर्ने भएको छ ।
कम्पनीले २५ हजार ४०० कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको जानकारी दिएको हो । कम्पनीका अनुसार विद्यमान संस्थापक सेयरधनीहरुले मात्र सो सेयर खरिद गर्न पाउनेछन् ।
संस्थापक सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सप्तरीमा आवेदन दिनुपर्नेछ।
आवेदन दिने तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम उल्लेखित सेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।