४ जेठ, २०८१ शुक्रबार

11:17:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश पारित गर्न आइएमई जनरलले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

१७ चैत, २०७८

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

लाभांश पारित गर्न आइएमई जनरलले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीले बैशाख ९ गते २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा लैनचौर बैंन्क्वेट, लैनचौरमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका विभिन्न बिषयमा छलफल गरी पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निणर्य गरेको छ । यसअनुसार चैत २४ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन र साधारणसभामा सहभागि हुन सक्नेछन् ।