२६ बैशाख, २०८१ बुधबार

07:51:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उच्च उपचार खर्चले बढेको गरीबी, भारतमा सबैभन्दा बढी

१६ चैत, २०७८

उच्च उपचार खर्चले बढेको गरीबी,  भारतमा सबैभन्दा बढी

काठमाण्डौं । सरकारले स्वास्थ्य र शिक्षालाई निजीकरण गरेसँगै स्वास्थ्य उपचार खर्च उच्च हुन पुगेको छ । स्वास्थ्य उपचार खर्चमा भएको बृद्धिले आम मानिसको आम्दानीमा कटौती हुँदै गएको हो । आम्दानीमा कटौती हुँदैजादा गरीबी बढ्दै गइरहेको छ । 

नेपालमा पछिल्ला दिनहरुमा मानिसको उपचार खर्चमा बृद्धि हुँदै गइरहेको छ । यसका कारण नेपालमा वार्षिक ४ लाख ९६ हजार  गरीबी थपिदै छ । उपचार खर्चकै कारण भारतमा वार्षिक ५ करोड ८० लाख, बंगलादेशमा १ करोड १६ लाख, इन्डोनेसियामा ८ लाख ५७ हजार, म्यान्मारमा ३ लाख ४५ हजार, श्रीलंकामा १५ हजार, माल्दिभ्समा ८ हजार र भुटानमा ७८ जना गरीब बनिरहेका छन् ।  

शिक्षा र स्वास्थ्य आम नागरिकको आधारभूत आवश्यकता हो । यो सरकारको प्रत्यक्ष निगरानीमा नागरिकलाई ग्यारेन्टी गरिनु पर्छ भन्ने मान्यतामा आधारित छ । तर सरकारले यसलाई व्यवास्ता गर्दा गरीबीको चाप बढ्दै गएको देखिन्छ ।