७ मंसिर, २०८१ शुक्रबार

02:22:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बलेफी हाईड्रोपावरको आईपीओमा पहिलो दिनमा नै माग भन्दा बढी आवेदन, पर्ने सम्भावना कति ?

१६ चैत, २०७८

बुधबार साँझ ५ बजेसम्ममा ४ लाख ३३ हजार ४सय ७१ जना आवेदनबाट ५२ करोड २२ लाख ४८ हजार रुपैयाँ बराबरको ५२ लाख २२ हजार ४ सय ८० कित्ता सेयरको लागि आवेदन परेको हो ।

बलेफी हाईड्रोपावरको आईपीओमा पहिलो दिनमा नै माग भन्दा बढी आवेदन, पर्ने सम्भावना कति ?

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर(आईपीओ) मा पहिलो दिनमा नै माग भन्दा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख ३३ हजार ४सय ७१ जना आवेदनबाट ५२ करोड २२ लाख ४८ हजार रुपैयाँ बराबरको ५२ लाख २२ हजार ४ सय ८० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि निष्काशन गरेको भन्दा ३.१४ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको छ ।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लगानीकर्ताहरुले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा चैत्र २१ गतेदेखि ढीलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।