७ मंसिर, २०८१ शुक्रबार

07:17:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन

१६ चैत, २०७८

नेप्समा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन

काठमाडौं । आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्समा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता ८ सय ९१ रूपैयाँ ३० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १०२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, नेप्सेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.६२ प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता ११ सय १६ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १३ सय ३६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यसैगरी, नेप्सेले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता ७ सय ४३ रूपैयाँ २४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । ३ वटै कम्पनीको भोलिदेखि समायोजन गरिएको मूल्यबाट कारोबार सुुरु हुने नेप्सेले जनाएको छ ।