२४ बैशाख, २०८१ सोमबार

09:17:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यूनिग्लोव नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन हुँदै

१६ चैत, २०७८

यूनिग्लोव नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन हुँदै

काठमाण्डौं । यूनिग्लोव कलेजको आयोजनामा ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन–२०२२’ आयोजना हुने भएको छ ।

नेपाललगायत विश्व अर्थतन्त्रका चुनौती, सम्भावना, दिगो विकास र कुटनितिक सम्वन्धले पार्ने प्रभाव र पछिल्लो अवस्थाबारे उच्चस्तरीय संवाद गर्ने उद्देश्यले यहि चैत्र २३ र २४ ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन हुन लागेको हो । 

सम्मेलनमा मानव संसाधन व्यवस्थापनमा समस्या र चुनौतीहरू, मार्केटिङ व्यवस्थापन मुद्दा र चुनौतीहरू, व्यवस्थापकीय मुद्दा र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापन मुद्दा र चुनौतीहरू, मानव संसाधन व्यवस्थापनमा समसामयिक मुद्दाहरू र चुनौतीहरू, मार्केटिङ व्यवस्थापनमा समस्याहरू, व्यवस्थापनमा समसामयिक समस्या र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापनमा समसामयिक मुद्दाहरू र बदलिँदो विश्व व्यवस्थाको परिप्रेक्ष्यमा विदेशी मुलुकसँग नेपालको सम्बन्धलगायतका बिषयहरु समेटेर ८ वटा सेसनहरु सञ्चालन हुने छन् । 

 बिगत ८ बर्षदेखि युनिग्लोव कलेजले निरन्तर यो सम्मेलन गर्दै आएको छ । सम्मेलनमा बंगलादेश, क्यानडा, फ्रान्स, भारत, जापान, मलेसिया, साउथ अफ्रिका, श्रीलंका, थाइल्याण्ड, युके र अमेरिकाबाट वक्ताहरु आउने 

युनिग्लोव कलेजका प्रमुख कार्यकारी अधिकृत डा. नरवबहादुर विष्टका अनुसार सम्मेलनमा पूर्व राजदुत डा. विश्वम्भर प्याकुरेल, कुटनितिज्ञ डा. खड्ग के.सी., अर्थविद् डा. गोविन्द नेपाल, बरिष्ठ उद्यमी भवानी राणा, कुटनीतिक मामीलाका जानकार डा. मनिष थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँललगायतका बिशिष्ट अतिथि वक्क्ताहरु सम्मेलनमा सहभागी हुने छन् । 

व्यवसायमा दिगो र नवप्रवर्तन ‘इनोभेशन एण्ड सस्टेनेबिलिटी इन बिजनेश’ भन्ने मुल नाराका साथ बिगत ८ बर्षदेखि युनिग्लोव कलेजले निरन्तर यो सम्मेलन गर्दै आएको छ । सम्मेलनमा बंगलादेश, क्यानडा, फ्रान्स, भारत, जापान, मलेसिया, साउथ अफ्रिका, श्रीलंका, थाइल्याण्ड, युके र अमेरिकाबाट वक्ताहरु आउने आयोजकले जनाएको छ ।