६ जेठ, २०८१ आइतबार

06:48:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घरेलु मैदानमा नेपालको दोस्रो जित, ६ विकेटले मलेसिया पराजित

१६ चैत, २०७८

घरेलु मैदानमा नेपालको दोस्रो जित, ६ विकेटले मलेसिया पराजित

काठमाण्डौं–त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

उहाँले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्नुभयो । २५ रन बनाउँदा २ विकेट गुमाएको नेपाललाई आसिफ र दिपेन्द्र सिंह ऐरीको ७० रनको साझेदारीले नेपाललाई जितको बाटो देखाएको हो । 

दिपेन्द्रले २१ रनको बनाउँदा रोहित पौडेलले १२ रन बताउनुभयो । डेब्यु खेलाडी दिलिप नाथले अविजित १५ रनको योगदान गर्नुभयो । कुशल मल्लले २ रन बनाउँदा अविजित रहनुभयो । 

मलेसियाका पवनदिप सिंहले २, मुहमद अमिर र सेइद अजिजले समान १÷१ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिनुभयो । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिंदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिनुभयो ।

करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिनुभयो । अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिनुभयो ।