७ मंसिर, २०८१ शुक्रबार

07:22:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए धेरै

१६ चैत, २०७८

बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए धेरै

काठमाडौं । आज (चैत १६ गते बुधबार) सेयर बजार बढेको छ । लामो समयदेखि निरन्तर सेयर बजार घटिरहेको थियो । निरन्तर बजार घट्दा लगानीकर्ताहरु निराश बन्दै गहिरहेका थिए । अब बजार कहिले बढ्ला भन्ने उनिहरुको प्रश्न हुने गरेको थियो । निराश भएका लगानीकर्ताहरुलाई केही मात्रामा उत्साहा थप्दै आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ ।

बुधबार बजार बढ्दा ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन इमर्जीङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । बुधबार इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ११ सय १३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ११ सय ९९ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तैगरी, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ९ सय ५९ रुपैयाँ ८० पैसामा कारोबार भएको छ ।

बुधबार युनाईटेड इदि मर्दि आरबि हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, साम्लीङ पावर कम्पनी लिमिटेड, तेह्रथुप पावर कम्पनी लिमिटेड, , सिन्धु विकास बैंक, कर्णली डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ ।