७ मंसिर, २०८१ शुक्रबार

07:22:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४०.६८ अंकले बढ्यो सेयर बजार, ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

१६ चैत, २०७८

बुधबार २३२ वटा कम्पनीको ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

४०.६८ अंकले बढ्यो सेयर बजार, ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको चौंथो दिन आज (चैत १६ गते बुधबार) सेयर बजार बढेको छ । आज (बुधबार) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ । नेप्से १.६१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार १ अर्ब ७५ करोडको सेयर कारोबार भएको बजारमा आज (बुधबार) २३२ वटा कम्पनीको ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १७८ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । बुधबार इमर्जीङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । 

यस्तै, सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेको छ ।  बुधबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यसदिन इन्स्योरेन्स कम्पनीको ११ करोड २७ लाख २३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार कारोबारमा भएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। युनिलिभर नेपालको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यसदिन युनिलिभर नेपालको सेयरमूल्य १.९५ प्रतिशतले घटेको हो ।