७ मंसिर, २०८१ शुक्रबार

07:37:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिम्याट खोल्नेको संख्या ५१ लाख नजिक, किन बढ्दै छ सेयर बजारप्रति लगानीकर्ताको आकर्षण ?

१६ चैत, २०७८

डिम्याट खोल्नेको संख्या बढ्दै, आम्दानीको सजिलो माध्यम सेयरबजार

डिम्याट खोल्नेको संख्या ५१ लाख नजिक, किन बढ्दै छ सेयर बजारप्रति लगानीकर्ताको आकर्षण ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । भेटघाट, चिया पसल, सहर र गाउँमा पुग्दा पनि कहिँ न कहिँ सेयर बजारको कुरा आउने गर्छ ।  पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण पनि बढ्दै गहिरहेको छ । लगानी गरेको थोरै समयमा धेरै कमाउन सकिने भएकाले सेयर बजारमा साधारण सेयर भर्ने नयाँ लगानीकर्ताहरु थपिने क्रम दिनदिनै बढ्दै गएको छ ।

१००० रुपियाँमा जुनसुकै कम्पनीको आईपीओ किनेको २० देखि २५ दिनको अन्तरालमा न्युनतम ८ हजारदेखि अधिकतम २५ हजारमाथि आम्दानी हुने गरेको छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजाप्रति आकर्षण बढेको हो ।

अहिले कम मेहेनत गरी राम्रो आम्दानी गर्न सकिने लगानीको उपयुक्त ठाउँ सेयर बजारलाई मानिएको छ । सेयर बजारमा प्रवेश गर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा भनेको डिम्याट खाता हो ।

नेपालमा हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५० लाख ८९ हजार ५ सय पुगेको छ । घरमै बसेर आइपीओ भर्न सेयरबजारमा कारोबार गर्न सकिने भएकाले मेरो सेयर प्रयोग गर्ने प्रयोगकर्ताको संख्या पनि बढ्दै गहिरहेको छ । हालसम्म मेरो सेयर खोल्नेको संख्या ४२ लाख २ हजार ७ सय ४१ जना पुगेको छ ।