७ मंसिर, २०८१ शुक्रबार

02:40:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन भेन्चर्सको आईपीओ आइतबार बाँडफाँड हुने

१६ चैत, २०७८

आईपीओमा अन्तिम दिनसम्म २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

ग्रीन भेन्चर्सको आईपीओ आइतबार बाँडफाँड हुने

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आईपीओ चैत २० गते आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओको प्रि–अलटमेन्टको काम सम्पन्न भईसकेकाले चैत २० गते आइतबार बाँडफाँड गरिने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

कम्पनीले चैत ८ गतेदेखि चैत ११ गतेसम्म सर्वसाधारणहरुमा साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । हालसम्म आईपीओ कुन  ठाउँमा र कुन समयमा बाँडफाँड हुने भन्ने तय नभएको क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।