२४ बैशाख, २०८१ सोमबार

11:01:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाल्पा जिल्ला ढाकाको राजधानी, ढाका प्रवर्द्धन गर्न १५ लाख बजेट विनियोजन

१६ चैत, २०७८

ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधिकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानी घोषणा गरेको हो ।

पाल्पा जिल्ला ढाकाको राजधानी, ढाका प्रवर्द्धन गर्न १५ लाख  बजेट विनियोजन

पाल्पा । नेपाल सरकारले ढाका कपडा उद्योगको संस्थापकको रुपमा पहिचान बनाएको पाल्पा जिल्लालाई  ढाकाको राजधानी घोषणा गरेको छ ।

ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधिकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानी घोषणा  गरेको  हो ।

ढाका राजधानी घोषणाबाट पाल्पाली ढाकाको ब्रान्डिंग भइ यसको उत्पादन, प्रवर्द्धन,रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने र यसबाट राष्ट्रको अर्थतन्त्रमा सकारात्मक  प्रभाव पर्ने अपेक्षा  गरिएको छ ।

हालै आयोजित कार्यक्रममा  ढाकाको राजधानी  घोषणा गर्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले पाल्पाली ढाकाको बजारीकरणमा ध्यान  पुग्न नसकेको भन्दै अब यसको सीप विकास, प्रविधिलाई बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्ने बताउनु भयो।

उहाँले मन्त्रालयको योजना अनुसार पाल्पा र तेह्रथुम जिल्लालाई ढाका राजधानी घोषणा गर्ने कार्यक्रम चालू आर्थिक वर्षको कार्यक्रममा राखेको बताउँदै सोहीअनुसार ढाका राजधानी घोषणा गरिएको बताउनु भयो । 

ढाका राजधानी घोषणाबाट पाल्पाली ढाकाको ब्रान्डिंग भइ यसको उत्पादन, प्रवर्द्धन,रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने र यसबाट राष्ट्रको अर्थतन्त्रमा सकारात्मक  प्रभाव पर्ने अपेक्षा  गरिएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा दुई ओटा जिल्लामा ढाका  प्रवर्द्धन गर्न १५ लाख रुपैयाँ बजेट छुट्याएको  छ  ।