४ जेठ, २०८१ शुक्रबार

09:12:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ढिलै भए पनि फेरिए काठमाडौँका प्रहरी प्रमुख, शक्तिकेन्द्रले रोकेको थियो सिंहको सरुवा

Nepal Business

२ पुस, २०७८

ढिलै भए पनि फेरिए काठमाडौँका प्रहरी प्रमुख, शक्तिकेन्द्रले रोकेको थियो सिंहको सरुवा

काठमाडौँ, २ पुस । काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको  प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी अउनुभएको छ । यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरीले महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएको हो ।

उहाँलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गिरी प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोबाट परिसरको नेतृत्व लिन आउनुभएको हो ।  भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिएपनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै रहनुहुने छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई सरुवा गरी पठाइएको छ । हालका प्रमुख, एसएसपी राजेश वास्तोला लामो विदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो । सिंहको सरुवा भए पनि शक्ति केन्द्रले रोकेपछि उनको सरुवा स्थगित भएको थियो ।