२४ बैशाख, २०८१ सोमबार

02:49:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघको महाअधिबेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन

Nepal Business

१६ चैत, २०७८

नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघको महाअधिबेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन

काठमाण्डौ ।  नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन सम्पन्न विभिन्न उपसमिति गठन गरिएको छ । 

महासंघको पदाधिकारी बैठकले भव्यताका साथ दोस्रो महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति निर्माण गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष एपी साँवा लिम्बुको अध्यक्षतामा बसेको बैठकले विधान संशोधन उप समितिले पेश गरेको संशोधित विधानलाई महाधिवेशनमा पेश गर्ने निर्णय गरेको छ । 

विधान संसोधन उप समिति संयोजक डिवि बस्नेतले परिवर्तित समय अनुसार विधासनलाई संशोधन सहित पदाधिकारी बैठकमा पेश गर्नुभएको थियो । बस्नेतले पेश गरेको संशोधन सहितको विधालाई अन्तिमरुप दिने निर्णय बैठकले गरेको छ । 

यसैगरी महाधिवेशनमा अतिथि व्यवस्थापन तथा स्वागतका लागि महासचिव भागिरथ सापकोटाको नेतृत्वमा समिति गठन गरिएको छ । यसैगरी महाधिवेशन व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्न हल व्यवस्थापना उपसमितिको संयोजकमा सूर्वण श्रेष्ठ संयोजक रहेको उपसमिति गठन गरिएको छ ।

महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । महासंघ २०६९ सालमा स्थापना भई अहिले देशका सबै जिल्ला, प्रदेश र वस्तुगत एंव कर्पोरेट सम्म सञ्जाल विस्तार गरिएको छ । 

देशभरबाट महाधिवेशनमा आउने प्रतिनिधिहरुको व्यवस्थापनका लागि मोतिलाला ज्ञावलीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ। यसैगरी सामग्री उपलब्ध तथा व्यवस्थान समितिको संयोजकमा गोविन्द घिमिरे, र खाना खाजा संयोजकमा मिन वहादुर तामाङ लाई जिम्म दिने निर्णय गरेको छ । 

महासंघले आगामी चैत्र २३ र २४ गते हुने आफ्नो दास्रो महाधिवेशनलाई लक्षित गरेर अन्य तयारीका लागि जुट्न केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला र पालिकास्तरसम्मका महासंघमा आवद्ध जिम्मेवार सदस्यहरुलाई अनुरोध गरेको छ । बैठकमा महासंघका अध्यष एपी साँवा लिम्बुले यो एैतिहासिक महाधिवेशन नेपाली एदोगी व्यवसायिहरुको हितका लागि प्रभावकारी हुने बताउनुभयो ।

उहाँले महाधिवेशनले नेपालको उद्योग व्यवसाय क्षेत्रमा आमूल परिवर्तनका लागि सहयोग पुग्ने बताउनुभयो । महाधिवेशनमा करिब १२ सय भन्दा बढि देशभरबाट प्रतिनिधि सहभागी हुने महाधिवेशनमा प्रतिनिधि छनोटको काम तिब्र भइरहेको महासंघका केन्द्रीय अध्यक्ष एलपी साँवा लिम्बुले जानकारी दिनुभयो । 

चैत्र १७ गते पालिकास्तरबाट प्रतिनिधि चयन हुँदैछन् । त्यस्तै १८ गते जिल्ला स्तरबाट प्रतिनिधि छनौट हुनेछन्, १९ गते प्रदेशबाट र २० गते वस्तुगत संघहरु र कर्पोरेटबाट प्रतिनिधि छनौट हुनेछन् । महाघिवेशनबाट १७ पदाधिकारी सहित २ सय ९९ सदस्यीय नयाँ कार्य समिति बन्ने अध्यक्ष लिम्बुले बताउनुभयो।  

महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । महासंघ २०६९ सालमा स्थापना भई अहिले देशका सबै जिल्ला, प्रदेश र वस्तुगत एंव कर्पोरेट सम्म सञ्जाल विस्तार गरिएको छ । महासंघले उद्योगि व्यवसायीहरुको हक अधिकार र नीतिगत पैरवी गर्दै आएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई स्थापित गर्न महासंघले मूख्य भूमिका खेल्नेगरी आफ्ना योजना र कार्यक्रम निर्माण गर्दै अगाडि बढिरहेको अध्यक्ष लिम्बुले बताउनुभयो ।