४ जेठ, २०८१ शुक्रबार

11:40:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

१६ चैत, २०७८

उक्त बार्षिक साधारणसभा दियालो लर्डस पर्सा, वीरगन्जमा दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा बोलाएको हो ।  कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको वार्षिक साधारणसभा आउँदो बैशाख ११ गते बोलाउने निर्णय गरेको छ ।

 उक्त बार्षिक साधारणसभा दियालो लर्डस पर्सा, वीरगन्जमा दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका बिषयमा छलफल गरी पारित गरिनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले  चैत २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत २३ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन र साधारणसभामा सहभागि हुन पाउनेछन् ।