७ मंसिर, २०८१ शुक्रबार

07:24:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? उपकार लघुवित्तले आईपीओ निष्कासन गर्दै

Nepal Business

१६ चैत, २०७८

भर्ने होइन त ? उपकार लघुवित्तले आईपीओ निष्कासन गर्दै

काठमाण्डौं–उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारी तथा ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित कम्पनीले जनाएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सार्वजनिक निष्कासन गरिने छ । 

कम्पनीका अनुसार चैत २५ देखि २९ गतेसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन पर्न नसके बैशाख ९ गतेसम्म समय थप गरिने छ ।

तर, यसअघि आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ चैत २९ गतेनै बन्द हुने देखिन्छ । 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि चैत ७ गते अनुमति दिएको थियो । कम्पनीको अधिकृत पूँजी ८ करोड रहेको छ भने जारी पूँजी ६ करोड ३६ लाख २५ हजार र चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । 

हाल संस्थापकतर्फ ६४ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३६ प्रतिशत आईपीओ विक्री गर्न लागेको  हो ।