२४ बैशाख, २०८१ सोमबार

03:11:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले निकट उद्योगी व्यवसायीको दोस्रो महाधिवेशन तयारी अन्तिम चरणमा (१७ देखी २० गतेसम्म प्रतिनिधि छनौट)

१६ चैत, २०७८

करिब १२ सय भन्दा बढि देशभरबाट प्रतिनिधि सहभागी हुने महाधिवेशनमा प्रतिनिधि छनोटको काम अन्तिम चरणमा

एमाले निकट उद्योगी व्यवसायीको दोस्रो महाधिवेशन तयारी अन्तिम चरणमा  (१७ देखी २० गतेसम्म प्रतिनिधि छनौट)

काठमाडौं । नेकपा एमाले निकट उद्योगी, व्यवसायीहरुको राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

एमालेको जनवर्गिय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन चैत्र २३ र २४ गते काठमाडौंको कमलादीमा आयोजना गरिएको छ । 

करिब १२ सय भन्दा बढि देशभरबाट प्रतिनिधि सहभागी हुने महाधिवेशनमा प्रतिनिधि छनोटको काम तिब्र भइरहेको महासंघका केन्द्रीय अध्यक्ष एलपी साँवा लिम्बुले जानकारी दिनुभयो । 

चैत्र १७ गते पालिकास्तरबाट प्रतिनिधि चयन हुँदैछन् । त्यस्तै १८ गते जिल्ला स्तरबाट प्रतिनिधि छनौट हुनेछन्, १९ गते प्रदेशबाट र २० गते वस्तुगत संघहरु र कर्पोरेटबाट प्रतिनिधि छनौट हुनेछन् ।

महाघिवेशनबाट १७ पदाधिकारी सहित २ सय ९९ सदस्यीय नयाँ कार्य समिति बन्ने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।  

महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । महाघिवेशनबाट १७ पदाधिकारी सहित २ सय ९९ सदस्यीय नयाँ कार्य समिति बन्ने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । 

महासंघ २०६९ सालमा स्थापना भई अहिले देशका सबै जिल्ला, प्रदेश र वस्तुगत एंव कर्पोरेट सम्म सञ्जाल विस्तार गरिएको छ । महासंघले उद्योगि व्यवसायीहरुको हक अधिकार र नीतिगत पैरवी गर्दै आएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई स्थापित गर्न महासंघले मूख्य भूमिका खेल्नेगरी आफ्ना योजना र कार्यक्रम निर्माण गर्दै अगाडि बढिरहेको अध्यक्ष लिम्बुले बताउनुभयो ।