७ मंसिर, २०८१ शुक्रबार

02:18:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालभारत प्रशारणलाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति

Nepal Business

१५ चैत, २०७८

अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ कूल २० किलोमिटर र भारततर्फ कूल १२० किलोमिटर गरी १४० किलोमिटर लामो रहको छ

नेपालभारत प्रशारणलाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति

काठमाडौँ ।
सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । 

कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणका लागि अनुमति दिइएको हो ।

कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणका लागि अनुमति दिइएको हो ।

न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ कूल २० किलोमिटर र भारततर्फ कूल १२० किलोमिटर गरी १४० किलोमिटर लामो रहको छ । 

नेपालबाट विद्युत् भारत निर्यातका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइन निर्माणका लागि २०७५ असोज २७ र २८ गते भारतको बैङ्गलोरमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले आवश्यक निर्णय गरेको थियो । 

सो बैठकमा नेपाल खण्डका लागि आवश्यक लगानी नेपाल सरकारले र भारतीय भूभागमा पर्ने संरचनाका लागि आवश्यक लगानी तथा कार्यान्वयनको हकमा समान ५०÷५० प्रतिशत लगानी गर्ने सहमति भएको थियो ।