७ मंसिर, २०८१ शुक्रबार

02:41:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? बुधबारदेखि बलेफी हाइड्रोपावरले आईपीओ जारी गर्ने

१५ चैत, २०७८

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

भर्ने होइन त ? बुधबारदेखि बलेफी हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भोली (चैत्र १६ गते बुधबार) देखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा चैत्र २१ गतेदेखि ढीलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।