१० मंसिर, २०८१ सोमबार

04:01:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २० लाख ६८ हजार कित्ता बोनस सेयर सूचिकृत

१५ चैत, २०७८

मंगलबार नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २० लाख ६८ हजार ४ सय ४३ दशमलव ८८ कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेमा २० लाख ६८ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं ।
आज (चैत १५ गते मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २० लाख ६८ हजार ४ सय ४३ दशमलव ८८ कित्ता सेयर सूचिकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।