७ मंसिर, २०८१ शुक्रबार

07:26:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार पनि नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

१५ चैत, २०७८

मंगलबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार पनि नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं ।
साताको तेस्रो दिन आज (चैत १५ गते मंगलबार) पनि सेयर बजार घटेको छ । आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.२६ अंकले घटेर २६२७.५८ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ०.५६ प्रतिशतले घटेको हो ।

यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा पुगेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार २ अर्ब ५४ करोडको सेयर कारोबार भएको बजारमा आज (मंगलबार) २२५ वटा कम्पनीको ३८ लाख ९० हजार १ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ७५ करोड ६ लाख २८ हजार १ सय ९९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसदिन शिवम् सिमेन्टको  ७ करोड ९१ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यसैगरी, मंगलबार ग्लोबल आइएमई बैंकको ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । मंगलबार १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।