७ मंसिर, २०८१ शुक्रबार

07:50:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन भेन्चर्सको आईपीओ प्रि–अलटमेन्ट मंगलबार हुँदै, कहिले हुन्छ बाँडफाँड ?

१५ चैत, २०७८

कम्पनीको आईपीओ यसै साता बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

ग्रीन भेन्चर्सको आईपीओ प्रि–अलटमेन्ट मंगलबार हुँदै, कहिले हुन्छ बाँडफाँड ?

काठमाडौं ।
ग्रीन भेन्चसको साधारण सेयर (आईपीओ) को आज (चैत १५ गते मंगलबार) प्रि–अलटमेन्ट हुँदैछ । कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारणहरुमा निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को संगलबार प्रि–अलटमेन्ट हुन लागेको कम्पनीको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओ यसै साता बाँडफाँड हुने क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा १ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।