१ मंसिर, २०८१ शनिबार
11:13:02 AM
१५ चैत, २०७८
शाखाको पूर्वाधार बनाउने काम सकिएको ६ महिना भन्दा बढी भइसक्यो।
काठमाण्डौं । मुलुकमा आम नागरिकको सेयर प्रतिको चासो बढेसँगै ब्रोकर कम्पनीहरुले शाखा पनि बढाउँदै लगेका छन् । पहिले देशको राजधानीमा मात्र सीमित रहेका ब्रोकर कम्पनीहरु जिल्ला जिल्लाका सदरमुकामसम्म पुग्न थालेका छन् । दिपशिखा धितोपत्र कारोबार कम्पनीले शाखा खोल्ने भन्दै सम्पूर्ण तयारी सकेको छ।
यस कम्पनीले भौतिक पूर्वाधार सकेको करीव चार महिना भन्दा धेरै भइसकेको छ। कम्पनीले दोलखा जिल्लाको चरिकोट, सिरहा जिल्लाको लहान र कैलालीको लम्कीमा शाखा खोल्नको लागि सम्पूर्ण भौतिक पूर्वाधारको तयारी सकिसकेको कम्पनीका निर्देशक बिष्णु ओझाले बताउनु भयो।
ओझाका अनुसार कुनै शाखाको पूर्वाधार बनाउने काम सकिएको ६ महिना भन्दा बढी भइसक्यो। पूर्वाधार मात्रै बनेको छैन, उक्त पूर्वाधार तयार गरिएको ठाँउको नियमित भाडा तिरेको पनि ६ महिना भन्दा बढी भइसक्यो।
भाडा मात्रै तिरेको छैन,ती शाखा संचालन गर्नको लागि कर्मचारी समेत भर्ना गरि सकिएको छ। तर नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृति नदिएका कारण ती शाखा तयार मात्रै भएर बसेका छन्,संचालनमा आउन सकेका छैनन्।
कम्पनीले दोलखा जिल्लाको चरिकोट, सिरहा जिल्लाको लहान र कैलालीको लम्कीमा शाखा खोल्नको लागि सम्पूर्ण भौतिक पूर्वाधारको तयारी सकिसकेको कम्पनीका निर्देशक बिष्णु ओझाले बताउनु भयो।
शाखा खोल्ने सम्पूर्ण तयारी गर्ने दिप शिखा मात्रै एक्लो कम्पनी होइन,अन्य ब्रोकर कम्पनीले समेत शाखाको सम्पूर्ण भौतिक तयारी गरिसकेका छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले समेत झापा जिल्लाको दमकमा शाखा खोल्ने तयारी सकेका छन्। उनले पनि अन्तिम स्वीकृति पाएका छैनन्।
जसले गर्दा उनको शाखाले पनि नियमित कारोबार गर्न पाएको छैन। भाडा मात्रै तिर्दै आएको छ। मैले शाखा खोल्ने सबै तयारी सकेको छु। तर अन्तिम स्वीकृति अझै पाएको छैन मैनालीले भने।
ब्रोकर कम्पनीहरुले नवलपरासीको कावासोती,पाल्पाको तानसेन,भैरहवा,नवलपुरको हुमही, रामेछापको मन्थली, महोत्तरीको बर्दिबास,मोरङको उर्लाबारी,पर्वतको कुश्मा, दाङको तुलसीपुर, पाँचथरको फिदिम र इलाममा शाखा खोल्ने सम्पूर्ण तयारी सकेका हुन्।
तयारी सकेका ब्रोकर मध्ये एक ब्रोकरको नुवाकोटको शाखाले भने शाखा संचालनको स्वीकृति पाइसकेको छ। तर अरुले भने अझै अन्तिम स्वीकृति पाएका छैनन्।
अन्तिम स्वीकृति नपाउने ब्रोकर कम्पनीले आर्थिक दायित्व भार बढेकोले त्यसलाई निकास दिन भन्दै एशोसिएसनमा दबाव बढाउँदै लगेका छन्। यता एशोसिएसनले उक्त बिषयको निकास दिन भन्दै बोर्डलाई बारम्बार अनुरोध गर्दै आएको छ। तर बोर्डले उक्त बिषयमा कुनै निर्णय गरेको छैन।
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउनु भन्दा अघि कै अध्यक्षको पालामा ती ब्रोकर कम्पनीले शाखा बिस्तारको लागि एलओआइ पाएका हुन्। त्यसपछि नै उनीहरुले भौतिक पूर्वाधार लगायतको काम अघि बढाएका थिए। तत्कालीन बोर्ड अध्यक्षलाई सरकारले बर्खास्त गर्यो। त्यो बीचमा केही समयको लागि बोर्ड अध्यक्षबिहीन हुन पुग्यो।
जसले गर्दा पनि उनीहरुले संचालन स्वीकृति पाउन सकेनन्। जुन स्वभाविक पनि थियो। तर यतिबेला बोर्डले नयाँ अध्यक्ष पाएको महिना दिन भन्दा बढी भइसक्यो। तर बोर्डले उक्त बिषयमा भने कुनै सुनवाइ नगरेको ब्रोकर कम्पनीहरुको गुनासो छ।
पहिले बोर्डकै अनुमतिमा पूर्वाधार तयारको काम भएको तर यतिबेला आएर बोर्डले नै संचालन अनुमति नदिँदा ब्रोकर कम्पनीहरुको लगानी अन्योलमा परेको छ। शेयर ब्रोकरको शाखा बिस्तार गर्दै मुलुक भरिनै शेयर कारोबार बिस्तार गर्ने बोर्डकै योजना हो। तर अहिले आएर बोर्डले उक्त बिषयमा चासो नदिनुलाई गम्भीरता पूर्वक लिन थालिएको छ।