७ मंसिर, २०८१ शुक्रबार
07:45:08 AM
१५ चैत, २०७८
मंगलबार नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं ।
आज (चैत १५ गते मंगलबार ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा बैंक र एउटा लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
मंगलबार नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, नेप्सेमा नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस बापतको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको छ ।
साथै, नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको छ ।