१ मंसिर, २०८१ शनिबार

11:37:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसियन लाइफको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

१५ चैत, २०७८

गत माघ २१ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट पारित भएको २५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको कम्पनीले जनाएको छ ।

एसियन लाइफको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाडौं ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

गत माघ २१ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट पारित भएको २५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको कम्पनीले जनाएको छ । कम्पनीले गत माघ ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गर्न आग्रह गरेको छ ।

माघ ११ गतेपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा क्रमशः बोनस सेयर जम्मा गरिने पनि कम्पनी जनाएको छ ।  नगद लाभांश जारी गर्दा ऋणात्मक लाभांश हुने (कम्पनीलाई रकम बुझाउन बाँकी रहेको) सेयरधनीहरुको हकमा उक्त रकम जम्मा गरेपश्चात मात्र बोनस सेयर खाताम जम्मा गर्ने हुँदा सो रकम चाँडो जम्मा गर्न कम्पनीले सेयरधनीहरुलाई अनुरोध गरेको छ