१६ बैशाख, २०८१ आइतबार

06:43:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभामुखद्धारा सरकारसँग विजनेश माग, सुदूरपश्चिम प्रदेशसभामा नयाँ विधेयक शुन्य

Nepal Business

१५ चैत, २०७८

६ महिना पुग्न केही दिन मात्र बाँकी रहँदा यो अधिवेशन आइतबार मात्र सुरु भएको थियो

सभामुखद्धारा सरकारसँग विजनेश माग, सुदूरपश्चिम प्रदेशसभामा नयाँ विधेयक शुन्य

सुदुरपश्चिम,
सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेश’ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।  

सभामुखले भन्नुभयो, हामीसँग बिजनेश छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटकपटक आग्रह गरेको छु   

विजनेश नहुँदा आफूले सदनको कारवाही पर सार्नु परेको भन्दै सभामुखले भन्नुभयो, “हामीसँग बिजनेश छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटकपटक आग्रह गरेको छु ।” 

संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा अगाडि बढोस् भनी आफूले पहिलो पटक ध्यानाकर्षण गराउनु परेको उहाँले बताउनुभयो । 
 
एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ महिना पुग्न केही दिन मात्र बाँकी रहँदा यो अधिवेशन आइतबार मात्र सुरु भएको थियो । प्रदेशसभा सचिवालयमा हाल कुनै पनि नयाँ विधेयक दर्ता नभएको बताइएको छ । 
 
सोमबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले सभामुखसँग समय लिएर सरकारले गरेका गतिविधिको प्रगतिबारे सदनलाई जानकारी गराउनुभयो । 

उहाँले कर्मचारीको अभावलगायतका जटिलताका बाबजुद चालू आवमा प्रदेश सरकारको वित्तीय प्रगति ८० प्रतिशत हासिल हुने प्रक्षेपण गरिएको बताउनुभयो । 
 
विगतको एकात्मक राज्यव्यवस्थाका सरकारले गरेको कामको तुलनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको प्रदेश सरकारद्वारा भइरहेका विकाससम्बन्धी काम उत्साहजनकरुपमा अघि बढेको भन्दै उहाँले अहिलेसम्म भौतिक ७० देखि ७५ प्रतिशत प्रगति हासिल भएको बताउनुभयो ।