७ मंसिर, २०८१ शुक्रबार

03:01:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाहाचोक प्रसारणलाइन सञ्चालन, कुलेखानीबाहेकको अर्को रिजर्भ आयोजना नहुँदा हिउँदमा समस्या

१४ चैत, २०७८

नेपालका नदी, नालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने

लाहाचोक प्रसारणलाइन सञ्चालन, कुलेखानीबाहेकको अर्को रिजर्भ आयोजना नहुँदा हिउँदमा समस्या

कास्की ,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२/३३/११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गर्नुभएको छ । 

मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युुत् पु¥याउने गरी सरकारले नीति, कार्यक्रम र योजना बनाएको उल्लेख गर्नुुभयो ।

राजनीतिक प्रणालीमा परिवर्तनपछि जलविद्युत्को विकासमा सरकारी प्रयास अघि बढेको छ । निजी क्षेत्रका लागि पनि यो खुला गरिएको छ । अहिले बत्तीका लागि होइन ऊर्जाका हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्ने र पेट्रोलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेका छौँ

उहाँले नेपालका नदी, नालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “राजनीतिक प्रणालीमा परिवर्तनपछि जलविद्युत्को विकासमा सरकारी प्रयास अघि बढेको छ । निजी क्षेत्रका लागि पनि यो खुला गरिएको छ । अहिले बत्तीका लागि होइन ऊर्जाका हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्ने र पेट्रोलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेका छौँ ।” 

पानीलाई बिजुलीमा रुपान्तरण गरेर बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी अहिलेको असन्तुलित व्यापार घाटा सन्तुलनमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री भुसालले बताउनुभयो ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको र सो विद्युत् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युत् व्यापारका लागिसमेत कार्य अघि बढाइको मन्त्री भुसालको भनाइ थियो ।

उहाँले भन्नुभयो, “गत वर्ष भारतसँग ७५ मेगावाट विद्युत् बिक्री गरेर व्यापारको सुरुआत गरेका छौँ । आगामी वर्ष ५०० देखि ७०० मेगावाट विद्युत् बिक्री गर्ने योजना छ ।” 

देशभित्र हाल कुलेखानीबाहेकको अर्को रिजर्भ (जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग बिजुली खरिद गर्नुपर्ने बाध्यता रहे पनि अर्को वर्षदेखि आत्मनिर्भर बन्ने अवस्था आउने मन्त्री भुसालले बताउनुभयो । 

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सवस्टेशनलगायत प्रसारण लाइन निर्माणका क्रममा स्थानीयवासी प्रभावित भएकाले सरकारले उचित मुआब्जा दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सवस्टेशन र प्रसारण लाइनका टावर राख्ने क्रममा यहाँका बासिन्दा पीडित छन् । उनीहरुलाई चित्त बुझाउने काम सरकारले गर्नुपर्छ ।” 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले लाहाचोक सवस्टेसन निर्माण र सञ्चालनसँगै विद्युत् आपूर्ति र गुणस्तरमा सुधार आउने बताउनुभयो । 

उहाँले स्थानीय जनताको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । “जनताको सहभागिताविनाको विकास दिगो हुँदैन । त्यसैले जनताको माग सुनुवाइ गर्दै अघि बढ्छौँ”, कार्कीले भन्नुभयो ।