१ मंसिर, २०८१ शनिबार
12:09:49 PM
१४ चैत, २०७८
एग्रो फार्म कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्न लागेको हो ।
काठमाडौं ।
बुद्धनगर एग्रो फार्म लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । एग्रो फार्म कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । सर्वसाधारणहरुमा आईपीओ जारी गर्नको लागि कम्पनीले सेयर र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
बुद्धनगर एग्रो फार्म र एनआईसी एशिया क्यापिटलबीच सर्वसाधारणहरुमा(सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित)आईपीओ निष्कासन गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । नेपालको हकमा सर्वसाधारणहरुमा आईपीओ जारी गर्नेमा एग्रो फार्म कम्पनी पहिलो रहेको छ ।
एनआईसी एशिया क्यापिटलको आईडिया टु आईपीओ सेवा अन्तर्गत बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आईपीओ जारी गर्ने व्यवस्था मिलाइने जनाइएको छ । उक्त एग्रो फार्मलाई क्यापिटले अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवा उपलब्ध गराउने छ।