१ मंसिर, २०८१ शनिबार
12:22:19 PM
१४ चैत, २०७८
२३१ वटा कम्पनीको ४९ लाख ५८ हजार ९ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं ।
साताको दोस्रो कारोबार दिन आज (चैत १४ गते सोमबार) पनि नेप्से घटेको छ। सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा पुगेको छ । यसदिन नेप्से १.१७ प्रतिशतले घटेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.०२ अंकले घटेर ४७४.३७ विन्दुमा पुगेको छ ।
सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब ५ अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज (सोमबार) २३१ वटा कम्पनीको ४९ लाख ५८ हजार ९ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार जीवन विकास लघुवित्त वित्तीय संस्थाा लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यसदिन कम्पनीको २२ करोड २४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको हो । सोमबार १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ।